चाडपर्व राष्ट्रका अमूल्य निधि हुुन्ः प्रदेश प्रमुख

169
काठमाडौं – प्रदेश नं ५ का प्रमुख धर्मनाथ यादवले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने जनाए छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य निधि भएको उल्लेख गरेका छन् ।

“हाल देश र विदेशमा समेत फैलिरहेको कोरोना भाइरसको महामारीको अवस्थामा एक जुट भई जीवन रक्षाको प्रयासमा लाग्न सबै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस पर्वले थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने अपेक्षाका साथ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here