सर्जकलाई नजिकबाट नियाल्दा – १

87
 दामाेदर ढकाल “दीपक” मुरलीप्रसाद ढकाल

{शिखरनाथ कवि} आधुनिक साहित्य परिषद् का अध्यक्ष हुनुहुन्छ । उहाँसँग काेराेना आतङ्ककाे कारण बन्दाबन्दी अर्थात लकडाउनमा भिडियो कल मार्फत मैले संक्षिप्त कुराकानी गरेकाे छु । साेही कुराकानीमा आधारित रहेर जीवनका कुरा, केही अनुभूतिका कुरा र केही साहित्यका कुराहरू यहाँ प्रस्तुत गर्न गइरहेकाे छु २०१९ साल भाद्र १ गतेकाे दिन पिता हाेमनाथ ढकाल र माता कृष्णकुमारी ढकालकाे माहिलो पुत्ररत्नकाे रूपमा उहाँकाे जन्म भयाे । नुवाकोट जिल्लाकाे बेलकाेटगढी नगरपालिका बडा नं. १ उहाँको जन्मस्थान हाे ।
हाल उहाँ काठमाडौं महानगर पालीका वडा नं. १६ बाेहाेराटार, बालाजु हाइटमा बसाेबास गर्दै आउनुभएकाे छ । बेलकाेटगढीकाे उपल्लो तिगाउँकाे मध्यमबर्गीय परिवारमा उहाँको जन्म भएकाेले उहाँले सानैदेखि खेतीपातीकाे काम गर्नु भयो । उहाँले विद्यालय गएर कुनै औपचारिक शिक्षा लिन पाउनु भएन । तर उहाँका भाइहरू र बहिनीलाई भने पढ्नुपर्छ भनेर सधैंव अभिप्रेरित गरिरहनु भयाे । ज्ञान प्रमाणपत्रमा मात्र सिमित हुँदैन भन्ने तथ्य उहाँले प्रमाणित गरिदिनु भएकाे छ । बेलकाेट गढी बस्दै दुग्ध विकास सहकारी संस्थाकाे अध्यक्ष लगायत अन्य सामाजिक संस्थामा कुशल नेतृत्व प्रदान गर्नुभएकाे थियाे । १९ वर्षको उमेरमा सरस्वती तिम्सिना ढकालसँग विवाह बन्धनमा बाँधिनु भएका ढकालका चार सन्तानहरू छन् । सीता ढकाल {कडेल}, डा.सुजन ढकाल, सलिना ढकाल र सलिन ढकाल । सन्तानहरू सबैले उच्च शिक्षा हासिल गरिरहेका छन् । हाम्राे राइस मिल संचालन गरेर जिविकाेपार्जन गरिरहनु भएका ढकालका चार कृति प्रकाशित भैसकेका छन् । ७२ सालकाे भुकम्प, रगत र आँसुकाे पाेखरी, जिन्दगी र फूलकाे थुङ्गा उहाँका प्रकाशित कृति हुन् । यसकाे अलावा विभिन्न संयुक्त कृतिहरूमा र पत्रपत्रिकाहरूमा उहाँका सिर्जनाहरू प्रकाशित भैरहन्छन् । भूकम्पको व्याथा नामक गीत पनि उहाँको रेकर्ड भैसकेकाे छ । कवि तथा गीतकारकाे छवि बनाइसक्नु भएका ढकालसँग मैले गरेका केही संक्षिप्त कुराकानी अब प्रस्तु गर्दैछु ।
* तपाईंलाई साहित्यकाे कुन विधा मनपर्छ ? मलाई साहित्यका सबै विधा मनपर्छन् । विशेषगरी कविता विधाप्रति बढी आकर्षित छु ।
म शास्त्रीय छन्द र लाेकछन्दमा कविता लेख्न मनपराउँछु
* साहित्य भनेकाे के हाे ?
विभिन्न विधा र उपविधामा विभिन्न विषयवस्तुमा लेखिने सिर्जना जुन सिर्जनाहरू रसै रसले भरिएका हुन् जसरी फूलमा, माहुरी पुतली , भमरा पंक्षि अादि अाकर्षित हुन्छन् त्यसैगरी जुन सिर्जनाले पाठकलाई तान्छ त्यहीँ नै साहित्य हाे । त्यहीँ नै समाजकाे चित्रण हाे । समयकाे दस्तावेज हाे जहाँ यथार्थतामा सुन्दर ढंगले कल्पनाको जर्ति लगाइएको हुन्छ ।

* साहित्य किन र के का लागि लेख्नु हुन्छ ?
म साहित्य समाजमा सकारात्मक धारणाको विकास हाेस् भनेर लेख्छु । हरेक मान्छेमा असिमित उर्जा हुन्छ त्याे उर्जा साहित्य मार्फत पात्रकाे रूपमा प्रस्फुटन हाेस् भन्ने ध्येय राखेर लेख्छु । निराशामा परेका मान्छेहरू साहित्य पढेर उत्साहित बनुन् , राेएकाहरू हाँसुन् , अल्छिहरू जागरिला बनुन् , डरपाेकहरू साहासी बनुन्, घमण्डीहरू नम्र बनुन् । म समाजमा यिनै परिवर्तन हरू ल्याउनकाे निमित्त साहित्य लेख्छु ।
*नेपाली साहित्यकाे विकास र बिस्तारमा के के गर्नुपर्ने देखिन्छ ?
भगवान गाैतम वुद्धले कुनै विद्यालयमा गएर औपचारिक अध्ययन गरेका थिएनन् तर उनकाे विषयमा धेरै विद्यार्थीले पि.एच.डी गरेका छन् । भन्नुकाे तात्पर्य साहित्यकाे विकास र बिस्तारमा साहित्यकाे साधक वुद्ध जस्तै बन्नुपर्याे । उहाँले शान्तिकाे निमित्त साधना गर्नुभयो भने हामीले साहित्यका निमित्त साधना गर्नुपर्याे । आफुले लेख्ने विषयवस्तुकाे ज्ञानकाे गहिराइमा पुग्नु पर्याे । भावना, कल्पना, अनुभव र अनुभूतिलाई समाजसँग तुलनात्मक विश्लेषण सहित साहित्य सिर्जना गर्नुपर्याे । यदि सम्पुर्ण साहित्यकारहरूले यति गरेर साहित्य सिर्जनामा तल्लिन भएमा नेपाली साहित्यकाे विकार र बिस्तार भएर जानेछ ।

* साहित्यबाट समाजसेवा गर्न सकिन्छ ?
अवस्य ! समाजसेवा गर्ने उपयुक्त माध्यम नै साहित्य हाे । साहित्यमा विभिन्न विषयवस्तुका तथ्यपरक कुरा समावेश गरेर पहिलो कुरा त जनचेतना जगाउन सकिन्छ । यसैगरी साहित्य भित्र कृषिका कुरा, पर्यटनका कुरा, वाणिज्यका कुरा , संघर्षशील र सफल व्यक्तित्वका जीवनीका कुरा, विकृति विसङ्गतिले समाजमा पारेकाे असरका कुरा आदिलाई साहित्यमा सबैकाे मन जित्न सक्नेगरि लेख्न सकियो भने साहित्यबाट जति समाजसेवा अरू केहीबाट पनि गर्न सकिँदैन । र याे गर्न आवश्यक छ । साहित्य समाज सुधार गर्ने उपयुक्त माध्यम हाे । समाजकाे सुधार गर्न सक्नु जत्तिकाे समाजसेवा अरू के हुन सक्छ !

* तपाईलाई लेख्ने पर्ने कृति के लागेकाे छ ?
वास्तवमा म अहिले लेखिरहेकाे छु ।पुस्तादेखिका कुरा जाे पुस्ताैपुस्तालाई काम लाग्नेछ । इतिहासदेखि समेटेर भविष्य बदल्न सक्ने कुरा त्याे पनि तत्कालका लागि मात्र हाेइन अाउने पुस्ताै पुस्तालाई मार्गदर्शन गरिने कुरा । याे महाकाव्यकाे रूपमा लेखिरहेकाे छु । यसकाे साधनामा लागिरहेकाे छु । खै ! कहिले लेखेर सक्छु । तर एकदमै मिहिनेतका साथ लेखिरहेकाे छु ।
* आधुनिक साहित्य परिषद् लाई कसरी अगाडि बढाउने साेच राख्नु भएकाे छ ? आधुनिक साहित्य परिषद् साहित्य सिक्न चाहनेहरूकाे लागि प्रशिक्षण केन्द्र , विषयवस्तुको गहिराइमा पुग्न खाेज्नेहरूकाे लागि अनुसन्धान र साधना केन्द्र एवं सम्पूर्ण साहित्यकारहरूकाे आफ्नै साझा मन्च बनाेस् भन्ने उद्देश्यले म लगायत कार्यसमितिका सबै साथीहरू लाग्नु भएकाे छ । सबै साहित्यकारहरू सम्मान, उत्प्रेरणा र हाैसला नै यसकाे प्रमुख कर्तव्य रहनेछ । याे अमूल्य समयकाे लागि मुरलीप्रसाद ढकाल ज्युमा हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँका केही सिर्जनाहरू:-
पानीको महत्व धर्तीनै जलमग्न ताल बिचमा आफै अडेकाे छयाे।।
ब्रह्मा आसन फूलनै कमलको पानी विना मर्छ त्यो ।।
पानीले मलमुत्र गर्दछ सफा टेकेर धर्ती रुदा ।।
पानी दूध पिएरनै रगतको सम्वृध्द भो सर्वदा।।
पानी हुन्छ नसा नसा हृदयमा  बग्दै भरियो रस।।
पानीकै भरमा शरीर जहाल्यै लंकिन्छ आफै पथ।।
पानी प्यास भए सुकेर  मुखमा खुल्दैन वाक्य गला।।
सुख्खा ठाम बगान फूल रसलो फल्दैन काहीँ फल।।
वारि खेत भएर बीज छरदा  उम्रन्न पानी नभै।।
उम्रेका पनि मर्छ बाेट बिरुवा झुल्दैन पानी नभै ।।
पाक्ला कैँ पकवान अग्नि तपले पानी नराखी कन।।
बाच्दैन्न जिवजन्तु प्यास  जलको मेट्नै नपाए झन।।
संस्कार पध्द्तिधर्म देवगणकाे गर्नै परे पूजन।।
सय्या श्राध्द हुदैन कर्म गरदा पानी नभै तर्पण।।
जन्मेका सिशुरत्न यौवन  छटा बढ्दै गए जीवन।।
सक्तैनन् वनबृक्ष मानिस कवै पानी नभै हुर्कन ।।
घरमा प्यारीलाई प्रदेशीको सन्देश विद्वान बसे मूर्खको देस्मा परेर बसमा।।
दुखको दिन आश्रय विना फाल्दियो पाखामा ।।
आणविक भट्टि रासायनिक  धूवा आकाश ढाकेकाे।।
विकास निम्ति प्रकृतिलाई रहेछ मासेको ।
विग्यले होकि जन्तुले होकि समुन्द्र खानिहो।।
नासकै निम्ति प्रकृति होकि जीवाणु बनेको
विश्वनै यौटा काेठामा राखि बन्धक बनायो
धनको दम्भ झाेपडि  संग लगेर मिसायो ।।
वमरेका कति मधौरा कति कतिछौ
भोकमा विरानो देश रोएर बस्छौ टहरा चाेकमा।।
बाधेर हात आसुको थोपा आखामा भर्याछौ।।
आर्काको देश बसेर बाच्न शरण पर्याछौ।।
धनको भर नपर प्यारी आर्जन सकिन।।
साँझको दियो भरेर तेल जगाउन सकिन।।
सुनको माला गलामा तिम्रो पैह्रन सकिन।।
हसिलो पारी मुस्कान तिम्रो खुलाउन सकिन।।
जिन्दगी गर्भैमात्र बस्यो तुहिन्छ बबुरो गुम्नाम भो जिन्दगी ।।
जन्मैबाट अपांग बन्दछ भने केकाम यो जिन्दगी ।।
सेवा निम्ति डसेर लुटतछ भने दुर्नाम यो जिन्दगी ।।
जिम्माली पदभार गर्न नसके बेकाम भो जिन्दगी ।।
कर्मै पालन सृष्टिको नियमहो गर्दैछ यो जिन्दगी ।।
गर्दा कर्म स्वयाम अदिर्स्य अवगाल भोग्दैछ यो जिन्दगी ।।
नासै निम्ति रचेछ सृष्टि जगमा कुन्दैवले जिन्दगी ।।
नासै निम्ति रचेछ काल कसले कुन दिन यो जिन्दगी ।।
मर्ने जीवन मूर्ख मानव कवै बुझ्दैन यो जिन्दगी ।।
आफ्नो देह मरी उडेर पिजडा सर्दैछ यो जिन्दगी ।।
मायाको अपराध पाप कुपमा फस्तैछ यो जिन्दगी ।।
पत्नी पुत्र अपुत्र मित्र जनले डस्तैछ यो जिन्दगी ।।
घर्क्यो यौवन जोस वृर्ध्द जनको साथी भयो जिन्दगी ।।
आफै निर्वल हुन्छ टेक्न लहुरो काफी भयो जिन्दगी ।।
आफ्नै घर परिवार भित्र सबको हेला भयो जिन्दगी ।।
घुम्दै जीवन कालमा समयको खेला भयो जिन्दगी ।।
अस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here