सहभागीता नम्बर ६ प्रतिभादेवी न्याैपाने ।

44

 

गजल १

बने राष्ट्रवासी सबै नै उदास
लुटी लान लाग्दा सबै गासवास॥०१॥

चलेकै छ बार्ता हजारौ प्रसंग
पुरानो व्यथा बल्झिदा खास खास॥०२॥

सिमाना हडप्दै पस्यो धुन्धुकारी
बने आज नेतृत्व झैं लाग्छ दास॥०३॥

लडे ज्यान फाली हिजो वीर आई
चिठी पत्र च्याते दिएनन् मिजास ॥०४॥

छिरे भॉड जोगी खरानी खसेका
लुटी देशलाई धनी बन्ने आश ॥०५॥

गजल २

जितायौं भुले शर्त बने दुष्ट खात
हरायो मनैको उज्यालो प्रभात॥०१॥

युवा स्वप्न बोकी हिडें देश छोडी
लुकी सन्धि गर्ने हरू छन् समात ॥०२॥

विवेकी भएनन् चुनेका हरू नै
भुले गोत्र आफ्नै कता जात भात॥०३॥

नयॉ हैन जोगी हिजैको दलाल
फटायो बिहानी छिरे रात रात॥०४॥

बन्यो पंच माले ठिमाहा कुरूप
हिजैको बिरालो पसे गर्छ घात॥०५॥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here