सहभागीता नम्बर ८ बिमला खड्का ।

181

 

गजल १

गुलाव दिएको छु मैले सौगात लिएर जाउ
बदलामा सगै जिउने कसम दिएर जाउ।।

यौवनले भरिएकै हौला तिमी पनि मस्तसँग
पिलाएर प्रेमप्याला अलिकति पिएर जाउ।।

म दीप भए तिमी मैन जस्तै पग्लिनु पर्छ
आउ अन्धकार चिर्दै एकछिन् सक्किएर जाउ

जे गरेपनि छुट छ मन लागेको गर तिमी
पिङ खेलेर यो दिलमा तिमी मच्चिएर जाउ

मायाको जाल थापेर मैले कुरिरहेको छु
आउ प्यारा प्रेमको पासोमा अल्झिएर जाउ।

गज़ल २

सोचेँ भन्दा पनि धेरै भिन्न छ जिन्दगी
जिएर हेर्नुहोस् कति खिन्न छ जिन्दगी!!

खुशी हो या पींडा घाम हो या छायाँ
चिनाईदेउ कसैले, चिन्न छ जिन्दगी!!

हौसला होईन् हतोत्साही मिल्छन् यहाँ
आफैले हिम्मत गरि हिंड्न छ जिन्दगी!!

नजिउन न मर्न सजिलो छ आखिर
बाचुन्जेल मृत्युलाई उछिन्न छ जिन्दगी!!

बिक्रीमा कतै भेटिन्छन् भने खुशिहरु
सम्झौता गरेर थोरै किन्न छ जिन्दगी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here