नेपालको भु-भागमा हक स्थापित गर्न कसैले स्वार्थ र शर्त राख्नुपर्ने जरुरी पर्दैन- काँग्रेस प्रवक्ता शर्मा

140

‘सुगौली सन्धीले स्थापित गरेको कालापानी लिम्पियाधुरा र लिपुलेकसहितको भुभागमा हक स्थापित गर्न कसैले स्वार्थ र शर्त राख्नुपर्ने जरुरी पर्दैन,’ काँग्रेस प्रवक्ता शर्माले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका भने । सबै शक्ति देशको हितका विषयमा एकमत हुने र हुनुपर्ने उनको धारणा  छ ।

सरकारले नक्सा संशोधन गरेकोमा काँग्रेसको पूर्ण समर्थन रहेको र त्यसलाई संविधानमा समावेश गर्नका लागि काँग्रेसले एक मतले साथ दिने जनाए । शर्माले परिवर्तीत नक्सालाई संविधानमा समावेश गर्नेगरी हुने संविधान संशोधनको प्रस्तावमा काँग्रेसले कुनै सर्त विना मतदान गर्ने स्पष्ट पारे ।

नक्साप्रति काँग्रेसको समर्थनलाई अझ संस्थागत र बलियो बनाउन पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागेको र पार्टीले औपचारिक निर्णय पनि गर्ने जनाए  । अन्य पार्टीले चाहिँ यसरी संस्थागत निर्णय गरेका छन् की छैनन् बरु त्यति शंका गर्नु पर्ने अवस्था रहेको टिप्पणी गरे । प्रवक्ता शर्माले सकेसम्म सवैलाई सहमत गराएर गर्नु पर्छ भन्ने मत भने काँग्रेसको रहेकोमा जोड दिए ।

जनता समाजवादी पार्टीले केही सर्तहरु राख्न खोजेको र आफ्ना मागहरुलाई पनि संवोधन गरियोस् भनेकाले त्यसलाई पनि ध्यान दिनु उचित हुने काँग्रेसको सुझाव रहेको शर्माको धारणा  छ । नेपाली काँग्रेस सबैको एकमत बनाउन लागिपरेको जनाए । विगतमा कालापानीको विषयमा भारत र चीनलाई कुटनीतिक नोट पठाएको स्मरण समेत गराए । काँग्रेस देश र जनताको हक स्थापित गर्न सधै सक्रियताका साथ लागिपरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here