गजल १
गिद्दे नजर किन लाउछ सधैँ दुष्ट छिमेकी
मौका हेरेर नै सताउछ सधैँ दुष्ट छिमेकी ।
कोरोनाले विश्व नै हलचल बनाएको बेला
सिमानामा यसरी धाउछ सधैं दुष्ट छिमेकी ।
साँध मिचेर मनमा प्रहार गर्छ बार-बार
यस्तो बहादुरी देखाउछ सधैं दुष्ट छिमेकी ।
सहेकै थियौं सदियौँ देखि अत्याचार हामीले
महामारीमा बर्बराउछ सधैं दुष्ट छिमेकी ।
पछाडि बाट छुरा हान्छ अगाडि आफन्त
बन्छ लुकेर बन्दुक सोझ्याउँछ सधैं दुष्ट छिमेकी ।
गजल २
मच्चाउछौ खलबल अझै पनि उस्तै
बलेकाछौ झलमल अझै पनि उस्तै
सधैं आउछौ तिमी नै मेरो निदरीमा
सम्झिन्छु हरेक पल अझै पनि उस्तै
दुई किनारा भयौं तिमी र नियतिले
नयन हुन्छ सजल अझै पनि उस्तै
मैले हेर्ने संसारमा तिमीलाई देख्छु
झरी र वर्षा बादल अझै पनि उस्तै
जून संग रोशनी त्यो सापटी लिएर
सजाउँदै छु आँचल अझै पनि उस्तै
मनु शर्मा ,पोखरा -३०