काठमाडाैं – चिडिडाखानाका टोलीद्वारा कीर्तिपुर ४ चम्पादेवी क्षेत्रमा शुक्रवार जेठ १६ गते बिहान चितुवा नियन्त्रणमा लिएको छ ।
स्थानीय हमाल तामाङको कुखुरा फार्ममा कुखुरा दिनदिनै घट्न थालेपछि चितुवाले खाने गरेको आशंकामा पासो थापेका थिए । बिहिवार राती ११ बजेतिर कुखुरा फार्ममा चितुवा कराएको आवाज सुने । लगत्तै सुरक्षा निकायलाई खबर गरे । शुक्रवार बिहान वन विभाग, सदर चिडियाखाना र सुरक्षा निकायको टोली पुग्यो ।
चिडिडा खानाका विज्ञ राधाकृष्ण घर्तीको टोलीले तीनवटा सुई हानेपछि करिब आधा घन्टाको समयमा चितुवा लठ्ठियो । घर्तीका अनुसार करिब ५, ६ वर्षको भाले चितुवा अन्दाजी ५० केजी तौलको थियो । चितुवालाई टोलीले जावलाखेल लगेको छ र प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सुरक्षित वन क्षेत्रमा छोडिनेछ । घटनास्थलमा कीर्तिपुर वृत्त प्रमुख उिईसपी छेदिलाल कामतीलगायत सुरक्षाकर्मी र वन विभाग, थानकोट डिभिजनका हरिप्रसाद खरेलको टोली र ४ वडा अध्यक्ष राजेन्द्र बानिया पुगेका थिए ।