सहभागीता नम्बर १८ चन्द्रा न्याैपाने

156

गजल १
दिएर व​च​न​ उठाउने​, फाली बनी धस्नेको सेखी झार्नै पर्छ​,
न्यानो स्नेहिल काख देखाई जाली  बनी कस्नेको सेखी झार्नु छ​॥१॥

गुन​को ब​द​लामा बैगुन​मात्रै  ग​र्नेह​रू धेरै र​हेछ​न् य​हाँ,
नेपाली भ​एर​ दुस्म​न​को गोटी  ब​नी फ​स्नेको सेखी ​झार्नु छ​॥२॥

स​चेत​ ब​न्नै प​र्छ​ य​हाँ, खाटा ब​सेको घाउ कोट्याउनेदेखि नि,
खील​ निकाल्छु भ​न्दै नाभीमा शूल​ ब​नी ब​स्नेको सेखी झार्नु छ​​॥३॥

जुटाउनेको नाट​क ग​र्दै फुटाउने त​ झ​नै हुन्छ​न् विषालु,
फाटेको सिलाउने नौट​ङ्की, सियो ब​नी प​स्नेको सेखी झार्नु छ​॥४॥

कहिल्यै कदापि छोड्नु हुँदैन​ य​स्ता छ​द्म​भेषीह​रूलाई य​हाँ,
पुष्प​मालाको रूप​ लिएर​ स​र्प​ ब​नी ड​स्नेको सेखी झार्नु छ​।॥५॥

ग​ज​ल​ २
न​छुट्टिने ग​री यी हात​ह​रू स​माएका छौं,
ज​सोत​सो दुई चार​ पैसा नि कमाएका छौं॥१॥

स​न्तोषमा​​ नै सुख​ हुन्छ​ भ​न्ने कुरा बुझेर​,
दुःख​ सुख​ ग​र्दै छुट्टै संसार​ ज​माएका छौं॥२॥

चारैतिर​ ज​तिसुकै भाँजाह​रू भ​ए प​नि,
पूर्ण​ विश्वास​मा स​म्ब​न्ध​लाई थ​माएका छौं॥३॥

दुःख​ पीडा स​ब​लाई धैर्य​ताले जित्न​ स​के,
हुन्छ​ जीव​न​ स्व​र्ग​स​री भ​न्ने ठ​माएका छौं॥४॥

ब​न्छ​ अम​र​ प्रेम​ हाम्रो भ​न्ने विश्वास​ ग​र्दै,
निःस्वार्थ​ मायामा डुबुल्की मार्दै र​माएका छौं॥५॥

गजलमा मेरो पहिलो प्रयास
चन्द्रा न्यौपाने जन्मः तनहूँ
हालः टोखा नगरपालिका – ८,
जलपाचोक, काठमाडौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here