गजल १
मुटुभित्रकाे फूल भन्थ्याै कुनै दिन मलाई
अर्को फूल राेज्याै तिम्ले याे मुटु जलाई
बीच बाटोमा छाेडेउ तिमीले नदेखे झैं गरि
धाेका दियौं तड्पाई दियौं नहाेस् तिम्रो भलाइ
गरीबकाे छाेरी भन्छाै पहिले देख्या थिएनाै ?
छाेड्नु थियो त किन दियाै प्रितकाे बाेट फलाइ
मायाकाे परिभाषा नै उल्टो बनायाै यहाँ
अहिले झन् जलाउन खाेज्दैछाै सलाई
जे हालतमा थिए म दियौं तिम्ले धड्कन चलाई
अहिले फेरि गयाै किन मनबाट नि गलाई ?
गजल २
विश्वभरि काेराेनाले कति मान्छे मरे अामा
माक्स अनि सेनेटाइजर लगाउने गरे अामा
जता हेर्याे बन्द मात्र खाने रासन छैन
तिमी छाै सबकाे साथ म एक्लै परे अामा
कुहिने भाे पराइकाे भूमिमा नै लास मेराे
परिवारकाे दुई छाक टार्न समुन्द्रै तरे अामा
अर्थतन्त्र कम हुँदै छ भाेकमरीले मर्छन कति
घरमाथिकाे बाझाे बारीमा मकै छरे अामा
उच्च ज्वरो टाउको दुखे तत्काल जानू हस्पिटल
अावश्यक काम बाहेक घर बाहिर न झर अामा ।
विष्णु परियार पाेखरा