सहभागीता नम्बर २७ जितेन्द्र महर्जन ।

226

गजल- १

एउटा कथा जीन्दगीको कोर्न मन लाग्यो,
कोठा बसी व्यथा कसैको कोर्न मन लायो,

कोरोना र लकडाउनले बन्दी जीवन छ,
लुकि छिपी कसैको मन चोर्न मन लाग्यो,

संक्रमण भय डरले आक्रान्त छ देश,
मनबाट त्राससबैको सोर्न मन लाग्यो,

सहयोगी हात, अनेकौ तछाड मछाड
मध्येमा एकसँग हात, जोर्न मन लाग्यो,

विश्व व्यापिनै कोरोनाले बनायो घेरा
सब मिलि एकै तिरले फोर्न मन लाग्यो,

गजल-२

तिमीलाई मन पराएं मैले तिम्रो फोटो हेर्दै
तिम्रो मुहार हेर्न, कुरे म, तिम्राे बाटो हेर्दै,

मनमा धेरै धेरै कुरा चल्छ तिमी नदेख्दा
रातदिन नभन्दै कुरे म तिम्रो बाटो हेर्दै

माया ममता मनमा छदै गरौं भेट् छिट्टै
बहुला जस्तै बन्दै गए म तिम्रो बाटो हेर्दै,

तिमीसँग आँखा जुढाइ, डुलेको जीवन
पंछी गुँड सम्झी फर्किये म तिम्रो बाटो

हेर्दै प्रेममा मिलन विछोड हुन्छ, तिर निशानीले
घायल (जीवन) लिइ फर्किये म तिम्रो बाटो हेर्दै

 

जितेन्द्र महर्जन (याकःमि) काठमाडौं गजल- १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here