कोरोना अपडेट : विश्वभर ६० लाख ५४ हजार संक्रमित, ३ लाख ६८ हजारको मृत्यु

26

काठमाडौं – विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १७ लाख ६९ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ६८ हजार ७ सय ११ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ३ हजार ७ सय ५८ जनाको मृत्यु भइसकेको छ। यसका साथै, बेलायतमा ३८ हजार ४ सय ५८, इटालीमा ३३ हजार ३ सय ४०, ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २५ लाख ६२ हजार १ सय ९१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ४ लाख १६ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ८ सय ९२, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here