ला लिगाका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी

97

एजेन्सी – ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका  छन् ।

कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको डर्बी खेलबाट जारी सिजन ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको छ ।

स्पेनको शीर्ष डिभिजनमा यस सिजन अझ ११ चरणको खेल बाँकी छ । तेबासले जारी सिजनको अन्तिम मिति महत्वपूर्ण रहेको बताए । तेबासले मार्कासँग भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको २०१९/०२० को सकिने मिति हो ।’

‘भगवानको चाह, हामी ११ जुनमा ला लिगा पुन: सुरु गर्नेछौं ।’ तेबासले मार्कासँगको भिडियो कन्फ्रेन्समा भने, ‘हामी मड्रिड र बार्सिलोनाला लकडाउन नियमहरू सहज बनाउन दोस्रो चरणमा पुगोस् भनेर पर्खिरहेका छौं ।’

स्पेनको सरकाले गत साता ला लिगा ८ जुनदेखि गर्नलाई ग्रीन सिग्नल दिइसकेको छ । यस्तै तेबासले अर्को सिजन अर्थात २०२०/०२१ को सिजन सेप्टेम्बर १२ देखि हुने आशा राखेका छन् । ‘अर्को सिजन १२ सेप्टेम्बरमा शुरु हुनेछ ।’

तेबासले टेलिभिजन दर्शकहरूले खेलहरू कहाँ हेर्ने हो कि भनेर छनौट गर्न सक्षम हुने समेत बताए । ला लिगा क्लोज डोरमा खेलाइनेछ जसमा भर्चुअल साउण्ड इफेक्ट जडान गरिनेछ ।

कोरोनाभाइरस महामारी स्थगित भएको लिग मध्ये जर्मन बुण्डेसलिगा फेरी सुरु भइसकेको छ । यस्तै प्रिमियर लिग इटालियन सिरी ए जुन मध्यतिर सुरु गर्ने तयारी भइरहेको छ ।तर फ्रेन्च लिग वान बेल्जियन प्रो लिग र नेदरल्याण्ड्सको लिग रद्द भइसकेको छ । ला लिगा मार्चमा स्थगित हुनुअघि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here