कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मर्नेको संख्या ८ पुग्यो

148

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबार दैलेखका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण ज्यान गएको पुष्टि गरे ।
दैलेखको दुल्लु नगरापालिका ११ घर भएका ३५ वर्षीय पुरुषको हिजो ज्यान गएको थियो । यसैगरी शनिबार राति करिब २ बजे बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको थियो ।
बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको प्रवक्ता देवकोटाले पुष्टि गरे । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here