चित्र बोल्दैछन , किताब सोध्दैछन !

217

– सागर पाण्डे

भित्तामा अधुरो स्व. महाकवि देवकोटाको चित्र झुन्डिएको छ ,त्यसमा रंग भर्न बाकी छ । कतै फ्रेम हाल्न बाकी चित्रले सोध्दैछन कहिले आउँछ हाम्रो ब्यबस्थापनको पालो ? यत्तिकै छाडिने त होइन ? झ्यालमा राखिएका ” एक घर एक किताब ” शिर्षकमा लेख्न थालिएका पान्डुलिपिले गिज्याउदै भन्छन, अरुले उचालेको बाघले सिकार गर्दैन बरु त्यसको साटो खुरुक्क अर्को काम समातेको भए हुन्थ्यो या लाग्ने नै हो भने तुरुन्तै लाग। दुई वटा अफिस घर , समाजको कार्यालय राजनीतिक थलो जहाँ पुगिन्छ उहिका समस्याले मोबाइलमा नेट्वोर्कको टावरले समाते जस्तै समात्न आइपुग्छन, जहाँ पुगिन्छ त्यही बिधाका मान्छे भेटिनु पनि स्वाभाविक हो त्यसैको सेरोफेरोमा कुराकानी हुन्छन् ।

      “एक घर एक किताब” कहिले सकिन्छ थाहा छैन, तर सकिएको भए समाजको लागि मेरो तर्फबाट एउटा उपहार बन्न सक्थियो, राजनीतिलाई फोहोरी बनाइएको हो या यस्को चरीत्र यस्तै हुन्छ ? सामाजिक कामबाट छलाङ मारेर राजनीतिको केन्द्रमा पुगेर अझै राम्रा काम गरेर जनताको नजरमा बस्न सके कुरो बेग्लै हुन्थ्यो तर यहाँ नदि धमिल्याएर माछा मार्ने काम हुन्छ भन्छन तर त्यो नदिलाइ सुदृढीकरण गर्न भने कमैले प्रयत्न गर्ने जोखिम मोल्छन। राजनीतिकै रसकै कारण भनौ पार्टीको बार्शिकोत्सवको तयारीले मलाई ठ्याक्कै १२ दिन पछाडि धकेलिदियो । गौतममजिको किताब प्रकाशनकै अफिस पुगेर १० दिन बस्दा पनि पूरा हुन सकेन। सहासी मित्र लोक बहादुर टन्डनले गृन सिटि अस्पतालमा बिरामी भेट्न् जादा सोध्नुभो पाण्डेजि किताब तयार भो ? म अचम्म मानेर आफैलाइ सोधे ? कुन किताबको कुरा गरेका होलान् ? मैले भेउ नपाए पनि शुष्क स्वरमा अ अ गरेर फरक प्रसङ घुसाए ।

         राष्ट्रियताको भुत पनि कम चढ्दैन बेला बखत , नाटय छेत्रमा कृयाशिल मित्र किशोर अनुराग सङ सबै नेपालीलाई एक सुत्रमा बाध्ने नेपाली चलचित्र बनाम भने उहाँले एउटा उद्योग दर्ता गरौ भन्नू भो मैले रुग्ण उद्योगवाला सङ मिलेर काम गरे खर्च पनि कम हुने उपाय देखाए तर उता एउटा मित्र रिमेश अधिकारीले झ्याप्पै ” नालापानी ” शिर्षकमा फिल्म बनाउनु भो ठिकै लाग्यो , कमसेकम अर्कोले त प्रयत्न गरे।

         काठमाडौंको लागि केही नयाँ काम गरौ भनेर उद्देश्य नक्सा बनाइ तत्कालीन कार्यकारी प्रमुख दिनेश कुमार थपलिया सङ पुगियो र उहाँको सकारात्मक कुराले प्रभाव पारेपनी मेरो आर्थिक कमजोरीले मोबाइल सौचालयले गति पाउन सकेन तर पछि महानगरले ती काम २ बर्ष पछि गर्यो, लाग्यो कमसेकम ढिलो भए पनि सुरुवात त भयो।

        काठमाडौं छिर्दा एउटा सामाजिक संस्थाको महासचिव भए पनि मेरो कृयाशिलता देखेर ठमेलमा पनि संस्था खोल्न र त्यसमा पनि मलाई महासचिव दिने भए त्यस्ताका नै प्रसिद्ध उद्धमी वसन्त चौधरी सङ चिनजान र उहाँकै घरमा चियापान हुन पायो , उहाका सकारात्मक सोचको कदर गर्छु , आफू मात्रै धनी भएर हुदैन पुरै समाज र देस समृद्ध भए बिस्वमै नेपालीलाइ हेर्ने दृस्ठि बदलिन्छ भन्नू हुन्थियो। उहाँसङ पनि दोस्ती लामो गएन कारण संस्थामा फुट आयो। तत्कालीन पर्यटन सचीव लीलामणि पौडेलको उदघाटनमा पर्यटन र दिगो बिकासमा हाम्रो संस्कार र संस्कृति शिर्षकमा श्रीमद्भागवत आयोजना गर्यौ तर काठमाडौंमा बाहिरबाट आएर कोठा डेरा लिएर बसेकाहरुको ठाँउमा उत्साहजनक हुन सकेन तर एउटा पबित्र अनुभव संग्रह भने भयो। त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डामा तत्कालीन जिएम मोहोन अधिकारीलाई भारतीय जहाजलाई हाइज्याक गरि अफ्गानिस्तान पुर्याएपछिको बन्द प्याराबिट खोल्न ज्ञापन पत्र दिइयो तर त्यो काम धेरै कार्यकारी आएपनी अधावधी खोल्ने कार्य भएको छैन।

          ठमेल पर्यटन परिशदमा नाम्ग्याल लामा हुँदा भएका क्रियाकलाप पनि महत्त्वपूर्ण छन तर भने जस्तो काम अझै हुन सकेका छैनन्। लीलामणि पौडेल ज्यु घरेलुको महानिर्देशक हुदा देखिको मेरो सम्बन्ध प्रमुख सचिव हुँदा सम्म रह्यो तर चिनको राजदूत भएपछि भने हुन सकेको छैन , बागमती अभियानको नेतृत्व सबैको लागि उदाहरणीय कार्य हो , उहाँका कामको तारिफ धेरै नेपालीको मुखमा झुन्डिएको छ। देसले बिषय बिज्ञ खोज्नुपर्छ तर त्यस्ता पढेलेखेका बेरोजगार देसमा कामकै खोजिमा छन तर असल नीति निर्माण र कार्यान्वयनको अभावमा ती योजनामै थन्किएका छन।

          लाग्छ जानेको सीप क्षमता लिएर सुदुर पश्चिम् जाउ र त्यताकालाइ केहि प्रशिक्षण दिउ तर त्यसमा उपयुक्त दाता नपाइएकोले ती पनि सपनामै सिमित हुन पुगे । जिवन्पयोगी सीप तालिम र उद्धमशिलता तालिम दिएर निम्न आय भएकालाइ उठाउन सके आधारभूत आवश्यकताको जोहो गर्न सक्थे कि भन्ने हो । दिन घन्टा हुँदै लम्किरहेको छ , महिना बित्यो , बर्ष बित्यो तर ती काम अधुरै छन , देसमा पन्चायती अवस्थाबाट लोकतान्त्रिक हुँदै गणतन्त्रमा आइपुगियो तर संस्कार उहीँ छ , परम्परा उहीँ छ तर शासक भने परिवर्तन भएकै छन् । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here