नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन

257
काठमाडौं –  सरकारले जनताको जानकारीका लागि नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन गरेको छ। 
संसदमा प्रस्ताव पेश गरेकै दिन संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको हो । नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको छ ।
संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार नै राजपत्रमा प्रकाशन भएको हो ।
संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । संविधान सशोधनका लागी दुई तिहाइ मत आबश्यक पर्छ । त्यसका लागि सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here