आमालाई सर्पले टोकेपछि बच्चाको मृत्यु

195

एजेन्सी – भारतको अनन्तपुरमा एक १८ महिनाको बच्चाको आमाको दुध पिएकोले ज्यान गएको छ । वास्तवमा बच्चाको आमालाई सर्पले टोकेको थियो, घटना भएको केही समयमा आमाको मृत्यु भएको थियो ।

२८ वर्षकी चन्द्रकला बच्चा र पतिको साथमा घरमा सुतिरहेकी थिइन् । उनको मध्ये रातमा निन्द्रा खुल्यो र आफ्नो खुट्टामा कसैले छोएको जस्तो अनुभव भयो । खुट्टामा कुनै किराको सामान्य टोकाई जस्ता उनलाई लाग्यो । यसै क्रममा उनको सानो बच्चाले दुध चुस्यो । बिहान उठ्दा पत्नी र बच्चाको मुखबाट ¥याल निक्लिएको देखेर तुरुन्त अस्पताल पुराए तर उपचारको क्रममा आमाको निधन भयो भने बच्चाको अर्को अस्पतालमा लगेर मृत्यु भयो ।

डाक्टरहरुले सर्पले टोकेर आमाको पुरै शरीरमा फैलिसकेकाले बच्चाले दुध चुस्दा बच्चामा पनि विष फैलिएको हुनसक्ने अनुमान लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here