कोरोना संक्रमणबाट मर्नेको संख्या ९ पुग्यो

87
काठमाडौं – नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।
 देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो ।
मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भई १५ गते टिचिङमा उपचारका लागि लगिएको थियो ।
उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो । योसहित संक्रमणबाट कुल ९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here