विदेशमा रोकिएका शव ल्याउने तयारी

69

काठमाडौं – सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ ।

सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न देशमा रोकिएका शव पनि ल्याउने निर्णय गरिएको हो । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने नीतिअनुरूप जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले बेर्होनुपर्ने छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्न सकिने भनिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार बन्दाबन्दी (लकडाउन)को अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको जनाएको छ । गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here