आगलागीमा आमाछोरी मृत्यु

18

धरान ( धरान उपमहानगरपालिका–१५ स्थित एक घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ ।

स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतक आमा छोरी भएको बताइएको छ । यद्यपी उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here