दर्ता नभएका अनलाइनलाई कारबाही गरिने

110
काठमाडौं – दर्ता नगरी अनलाइन व्यवसाय गर्नेहरुलाई सरकारले कारबाही गर्न थालेको छ ।

लकडाउनको समयमा घरघरै सेवा दिने बहानामा धेरै कम्पनीले गैरकानुनी रुपमा व्यापार गरिरहेको सूचना आएको विभागका एक कर्मचारीले बताए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता नभइ होम डेलिभरीका नाममा अनलाइन व्यवसाय सञ्चालन गर्नेहरुलाई कारबाही थालिएको जनाएको छ।

लकडाउनको समयमा होम डेलिभरी गर्ने नाममा दर्ता विना नै अनलाइन व्यवसाय गर्ने क्रम बढेकाले अनुगमन गरी कारबाही थालिएको विभागले जनाएको छ । वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ता र व्यवसाय गर्ने भएमा व्यवसाय दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here