काेराेना अपडेट : उदयपुरमा पुनः ३ जनामा कोरोना

152

काठमाडौं – उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । मेयर राईका अनुसार उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।

उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं आएर उनी पुनः उदयपुर फर्किएका थिए । काठमाडौंमा ३ दिन बसेर फर्किएका उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो ।

करिब दुई साता क्वारेन्टिनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । जसमा उनलाई कोरोना पोजिटेभ देखिएको मेयर राईले जनाए । उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार दुवै जना पुरूष हुन् ।

उनीहरुलाई एबीसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । अहिले उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । ‘गोठ गाउँमा रहेको एक अस्पतालमा आइसोलेसन बेड खाली छ भन्ने कुरा आयो, अब हामी त्यतै पठाउछौं’ मेयर थापाले अनलाइनखबरसँग भने ।

उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here