नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ जना पुग्याे

74
काठमाडौं /  नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका वडा नं. ११ का एकजना पुरुषको आज निधन भएपछि मृतकको संख्या १५ पुगेको जानकारी दिनुभयो ।
मृतक पुरुषमा ज्वरो, निमोनिया, प्रेसर र सुगरको समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जनाउनुभयो ।
यसैगरी आज थप ३ सय २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९२ जना पुरुष र ३१ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here