तलब नपाएपछि अन्नपूर्णका प्रधानसम्पादक थापाद्वारा राजीनामा

80

काठमाडौं – व्यवस्थापनले पत्रकार र कर्मचारीहरुको तलब दिन आनाकानी गरेपछि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।

पत्रकार र कर्मचारीहरुले देशसञ्चारलाई जानकारी दिएअनुसार कर्मचारी र पत्रकारहरुको तलब दिन व्यवस्थापनले आनाकानी गरेपछि उनले अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई बुधबार राजीनामा दिएका हुन्। प्रधानसम्पादक थापाले पनि आफूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएको देशसञ्चारलाई जानकारी दिए।

जिल्लाका पत्रकार र कर्मचारीहरुको फागुनदेखिको तलब अन्नपूर्णले अहिलेसम्म दिएको छैन भने केन्द्रका पत्रकार र कर्मचारीहरुको चैतदेखिको तलब दिएको छैन। उनले लामो समयदेखि कर्मचारी र पत्रकारहरुलाई पूरा तलब दिन अडान राख्दै आएका थिए।

अन्नपूर्ण पोस्ट्का एक उच्च कर्मचारीका अनुसार प्रधानसम्पादक थापाले पत्रकार तथा कर्मचारीहरुलाई अहिले पूरा तलब दिन नसके पनि आंशिक तलब दिन र पछि बाँकी तलब दिनेगरी मोडालिटी बनाउन अडान राखे पनि व्यवस्थापनले यसलाई अस्वीकार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here