राष्ट्रघाती एमसीसीका पक्षमा नलाग्न डोटीका सांसदलाई नेकपाको चेतावनी

251

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरूलाई चेतावनी दिएको छ । नेकपा डोटीका इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले विज्ञप्ति जारी गर्दै सांसदहरूलाई एमसीसीका पक्षमा नलाग्न आग्रह गरेका हुन् ।

केपी वली नेतृत्वको सरकार र केही भ्रष्ट नेताहरू न्वारानदेखिकै बल लगाएर राष्ट्रघाती एमसीसी पास गर्न लागिपरेको भन्दै नेकपा डोटीले जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरू प्रेम आले र प्रदेशसभा सांसदहरू भरत खड्का, त्रिलोचन भट्ट तथा दुर्गा जोशीलाई त्यसका पक्षमा नलागन चेतावनी दिएको हो ।

उक्त राष्ट्रघाती सम्झौता पास गर्ने पक्षमा लाग्ने दुवै सदनका सांसदहरूले डोटी जिल्ला प्रवेश गर्न नपाउने नेकपाले जनाएको छ । सम्झौताका पक्षमा लागेर जिल्ला प्रवेश गरे त्यसबाट उत्पन्न जुनसुकै परिस्थितिको जिम्मा स्वयम् सांसदहरूले लिनुपर्ने चेतावनी नेकपाले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here