आज संविधान संशोधनको पक्षमा संसदमा मतदान हुने

175

काठमाडौं – नेपालको निशान छाप संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ । सरकार, संसद्, सम्पूर्ण राजनैतिक पार्टी नागरिक सबैले राष्ट्रको पक्षमा एक भएका छन्। संविधान संशोधन प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने तयारी भैरहेको छ ।   प्रतिनिधिसभाले आज संविधान संशोधनको निर्णय लिने भएको हो ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आज हुने संविधान संशोधनले नेपालको ईतिहासमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा ऐतिहासिक दिनको रुपमा लेखिदैछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलहरुले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै निशान छाप प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने तयारी भएको हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रस्तुत विधेयक प्रतिनिधिसभाबाट २७ जेठमा सर्वसम्मतबाट स्वीकृत भइसकेको छ ।  प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाले पनि पारित गरेपछि विधेयक टुंगोमा पुग्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here