ऐतिहासिक बैठकमा अनुपस्थित १५ सांसद

189

काठमाडौं – नेपालको नयाँ नक्सा पारित गर्ने आजको एतिहासिक प्रतिनिधि सभा बैठक १५ साम्सद उपस्थित भएनन । उपस्थिति २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । प्रतिनिधिसभा २७५ सदस्यीय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here