नेपालकाे नयाँ नक्साबारे संविधान संशोधन विधेयक सर्वसम्मत पारित

220

काठमाडौं – संसदबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ ।

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले  पारित भएसंगै अब नेपालको संविधानमा  राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत भएका हुन् ।  नक्सालाई परिमार्जन गर्दै  नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी पनि समेटिने भएको छ ।
निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् ।
राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत भएका हुन् । नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ । यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ ।
कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभामा दफावार छलफलको लागि राखिएको निशानछापमा मुलुकको नयाँ नक्सा प्रतिस्थापन गर्ने प्रस्तावको पक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, डा. शशांक कोइराला, भीमबहादुर रावल, प्रकाशमान सिंह, पम्फा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, गोकर्णराज विष्ट, देवेन्द्रराज कँडेल, देवेन्द्र पौडेल, डा.अमरेशकुमार सिंह, गणेशसिंह ठगुन्ना, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी, रामबहादुर विष्ट र लालबाबु पडित धारणा राखेका थिए । सबै सांसदले राष्ट्रियताको विषयमा एकमत हुनेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here