भारतको सीमानामा सशस्त्र प्रहरीका नौ वटा बिओपी स्थापना

176

धनगढी– कैलाली जिल्लामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले स्थापना गरेका बिओपीको संख्या नौ पुगेको छ।

भारतसँग एक सय एक किलोमिटर खुल्ला सीमाना रहेको कैलाली जिल्लामा पछिल्लो एक सातामा थप पाँच स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएसँगै कुल संख्या नौ पुगेको हो। सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँच वटा बिओपी थप गरीएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

पछिल्लो साता बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंका टापुमा बिओपी स्थापना गरिएको हो। यसअघि लकडाउनको अवधिमै भुईयाँफाँटामा बिओपी स्थापना गरिसकिएको छ।  सशस्त्र प्रहरी बल नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले अहिलेको परिस्थितिमा जिम्मेवारी थपिएकोले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप पोष्टहरु स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले भारतसँग सीमा जोडिएका कैलाली जिल्लाको नाै ठाउँमा बीओपी पोष्ट स्थापनासँगै सीमा सुरक्षामा थप बल पुग्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here