नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुग्याे

12

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४५१ जनामा संक्रमण देखिएको हो।  आज थपिएका ४५१ सहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ। जसमध्ये पुरुष ९३७ र महिला १०४ जना छन्। कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।