आजदेखि सरकारी कार्यालय खुल्ने

285

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र ११ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे २ महिनापछि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउन लागेका हुन् ।
सरकारले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयपछि पसलहरू सञ्चालनमा आइसकेका छन् भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन पनि गुड्न थालेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here