जसपाको नेतृत्वको वरियता हैन नीति र कार्यक्रम महत्वपूर्ण हो –प्रीति रमण

174

नेपालको राजनीतिमा नयाँ शक्तिको रुपमा जनता समाजवादी पार्टी (जसपा) आशा लाग्दो ढंगले उदाएको छ । यस पार्टीमा अब मधेशबाद , माओवाद वा अन्य कुनै बादको संकुचित स्थान छैन । समग्र नेपालको समृद्दि र नेपाली जनताको जीवनस्तर माथि उठाउने लक्षलाई महत्वपूर्ण अजेण्डा बनाएर हिमाल , पहाड र तराईलाई समान ढंगले बिकास गरेर अगाडि बढ्ने शक्तिका रुपमा यो पार्टीले आफ्नो स्थान बनाउने आशा आम जनमानसमा पलाएको छ । यस पार्टीमा रहने नेतृत्व वर्गले जनताको आशालाई सम्बोधन गरेर अगाडि बढ्ने कामलाई महत्व दिने बिश्वास गरौं । नेताहरुले धेरै अनुभव हासिल गरेर यो एकताको आवश्यकता महशुस भएको हो भन्ने कुरालाई नभुलौं ।

देश र जनताका हितका खातिर काम गरेर अगाडि बढ्ने हो भने जनताको बिश्वास प्राप्त गर्न सकिने अवस्था अहिले अवशरका रुपमा देखा परेको छ ।  यस पार्टीमा पूव मधेशबादी, पूर्व माओबादी , पूर्व एमाले र पूर्व नेपाली कांग्रेस लगायत बिभिन्न पार्टीमा रहेर नेर्तत्वतहमै बसेर निम्मेवारी सम्हालेका नेताहरुको उपस्थिति रहेको छ । त्यसैले यो पार्टी नेपाली जनताका माझ आशा लाग्दो नयाँ शक्तिका रुपमा उदाएको बिश्वास जनसाधारणमा पनि पर्न गएको छ ।

जसपा निर्वाचन आयोगमा दर्ता हुने क्रममा प्राविधिक सवालमा देखिएका केही बिषयहरुलाई लिएर सञ्चारमाध्यमहरुमा निकै चर्चा परिचर्चा पनि भएका छन् । एउटा जीवन्त संगठनका बारेमा जनचासो देखिनु र चर्चा हुनुलाई स्वाभाविक रुपमा लिनु पर्दछ ।

खासगरी १० बर्षसम्म माओबादी जनयुद्दको नेतृत्व गरेका पूर्व प्रधानमंत्री डा.बाबुराम भट्टराईको बरियता स्थानबारेमा निकै चर्चा भएको पाईयो । डा. बाबुरामको स्थान चौथोमा किन भन्ने जिज्ञाशा उठाईएको छ , जसपाले कस्ताखालका कार्यक्रमहरु निर्धारण गरेको छ र कस्तो नीति तय गरेको छ भन्ने सवालमा ध्यान पु¥याउन नसकेका ब्यक्तिहरुले डा. बाबुरामको वरियताको सम्बन्धमा चर्चा गरेका छन् जस्तो लाग्छ । तर जस्ले जसपाबाट सार्बजनिक भएका पार्टीका नीति र कार्यक्रमहरुमा ध्यान पु¥याएका छन् उनीहरुले डा.बाबुरामको वरियता पक्कै पनि बुझेका होलान् जस्तो पनि लागेको छ ।

मैले माथि नै चर्चा गरिसकेकी छु कि जसपा नयाँ शक्ति हो । यस पार्टीमा पदीय लालच नभएका ब्यक्तिहरुकोे बाहुल्यता रहेको छ र रहने छ । तर नीति र कार्यक्रमहरुमा सबैको स्थान नेतृत्व तहमै रहे सरह महशुस गर्न सकिने छ । अर्थात अझ स्पस्ट रुपमा भन्नु पर्दा यस पार्टीले अगाडि सारेका नीति र कार्यक्रमहरुमा तल्लो तहमा रहेर काम गर्ने कार्यकर्ताहरुले पनि आफूलाई नेतृत्वतहमै रहेको महशुस गर्न सक्ने अवस्था हुनेछ । कुनै पनि पार्टीको नेतृत्वमा रहनु भन्दा पनि आफू आवद्द रहेको पार्टीले समग्र देश र आम सर्वसाधारण नेपाली जनताका लागि केही राम्रा कामहरु गर्न सक्यो कि सकेन भन्ने महत्वपूर्ण सवाल हो ।

नेपाली कांग्रेस जस्तो भ्रष्टहरुको बाहुल्य रहेको पार्टीमा लामो समयसम्म नेतृत्वतहमै बसेर एउटा स्वच्छ नेताको हैसियत बनाउन सफल भएका ब्यक्तित्व महन्थ ठाकुरको सर्वमान्य नेतृत्व पाएको जसपालाई अब सामान्य ढंगले बुझेर धारणा बनाउनेहरुले छिटै नै आफ्नो धारणालाई गलत मान्नु पर्ने अवस्था आउने बिश्वास गर्न सकिन्छ । उपेन्द्र यादवका बारेमा कुनै चर्चा गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन । जसपा निर्माणका लागि उहाँको भूमिका नै महत्वपूर्ण छ ।  बिगतको मधेश केन्द्रित आन्दोलनको नेताले नेतृत्व गरेको पार्टी भनेर मात्र जसपालाई बुझियो भने त्यो बिवेकहिन बुझाई ठहर्ने छ । नेकपा एमाले जस्तो राष्ट्रघात र भ्रष्टाचारको पर्याय बनेको पार्टीमा निश्कलंकित छवि बनाएर सबैभन्दा लोकप्रिय नेताको स्थान बनाउन सफल रहेका अशोक राई जस्ता ब्यक्तित्व यस जसपाको नेतृत्वमा हुनुहुन्छ ।

यसरी जनता समाजवादी पार्टी जनताको भावना अनुसार चल्न सक्ने बेग्ला बेग्लै ठाउँमा रहेर आ–आफ्नो ब्यक्तित्वलाई निश्कलंकित बनाएर राख्न सफल भएका नेताहरुको संगमस्थल बन्न पुगेको पार्टी हो ।  यस पार्टीमा वरियताको भन्दा नीति र कार्यक्रमको महत्व रहने कुरालाई बुझ्न सक्नु पर्दछ । डा. बाबुरामको वरियता बुझ्न नसकेकाहरुले जसपाको सार्वजनिक नीति र कार्यक्रममा ध्यान दिन आवश्यक छ जस्तो लाग्छ । यसतर्फ ध्यान दिईयो भने डा. बाबुरामले नेतृत्वलाई भन्दा नीति र कार्यक्रमलाई महत्व दिएका रहेछन् भन्ने कुरा छर्लंग बुझ्न सकिने छ । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here