चेल्सीले रोनाल्डोलाई अनुबन्ध गर्ने

68

काठमाडौं – चेल्सीले आउने समरमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको ग्लोबल प्रेसले जनाएको छ । चेल्सीले हाकिम जिएच र टिमो वर्नरलाई लगभग अनुबन्ध गरिसकेको खबर बाहिर आइसकेको छ ।

अब चेल्सीले रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको जनाइएको छ ।

सन् २०१८ मा युभेन्ट्सले उनलाई ११७ मिलियन युरोमा रियल मड्रिडबाट अनुबन्ध गरेको थियो ।

चेल्सीले उनलाई अनुबन्ध गर्न १२० मिलियन युरोको अफर गर्ने बताइएको छ ।

एक दशक अगाडि म्यानचेस्टर युनाइटेडबाट उनले खेलेका थिए । उनले म्यानुका लागि ११८ गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here