भारत-चीन झडपमा तीन भारतीय सैनिककाे ज्यान गयाे

158

काठमाडौं – लद्दाखमा दुई देश चीन र भारतको  सैनिकबीच हिंसात्मक झडप भएको छ ।

भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा भएको सो झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।
भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here