याे हाे विश्वकै पहिलो कार रेसिङ

148

 

उक्त कार दौड प्रतियोगिताको निर्धारित दूरी ४८.४७ घण्टामा पूरा गरेका थिए एमिले लेभासरले । त्यसक्रममा उनले ११७८ किलोमिटर दूरी पार गरेका थिए । उनले पहिलो स्थानमा रहँदै कार दौड पूरा गर्ने लेभासरलाई विजेता घोषणा गरिएन जबकि उनी दोश्रो स्थानमा दौड पूरा गर्ने प्रतियोगी भन्दा ६ घण्टा छिटो थिए ।

आधिकारिक रुपमा पल कोचलिन नामक व्यक्तिलाई विजेता घोषित गरियो । उनी कार दौडमा तेश्रो स्थानमा आएका थिए र पहिलो स्थानमा दौड पूरा गर्ने लेभासरले भन्दा ११ घण्टा ढिलो मात्र दूरी पार गरेका थिए ।

आखिर ११ घण्टा छिटो दौड पूरा गर्ने व्यक्तिलाई विजेता घोषित नगरी किन तेश्रो स्थानको व्यक्तिलाई विजेता बनाइयो ? त्यसको रोचक कारण थियो ।

वास्तवमा त्यो कार रेसिङ प्रतियोगिता चारसिटे कारको लागि थियो । तर लेभासर र दोश्रो स्थानमा दौड पूरा गर्ने लुइस रिगोलटले चारसिटे कार कुँदाएर प्रतियोगितामा भाग लिएका थिए । जसका कारण उनीहरुलाई प्रतियोगितामा अमान्य घोषित गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here