३६ प्रहरी उपरीक्षकको सरुवा ! (सूची सहित)

128

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

सोमबार राति गरेको सो सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् । एक वर्ष कार्य अवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरूको सरुवा गरिएको हो ।
सरुवा अनुसार, भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । इलाममा नविनराज राई, कपिलवस्तुमा नवराज अधिकारी, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिका केसी, सिराहामा उमाशङ्कर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसै गरी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दीपक रेग्मी, पाल्पामा दीपकराज खरेल, तनहुँमा अरुण पौडेल र धनकुटामा गोविन्द अधिकारीलाई प्रहरी प्रमुख बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here