पूर्वराष्ट्रिय फुटबल खेलाडी थापासहित ६ जनाले सर्वोच्च अदालतबाट पाए सफाई

19

काठमाडौं – सर्वोच्च अदालतले पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहित ६ जनालाई सफाई दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार थापासहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

उनीहरुलाई विभिन्न ईन्टरनेश्नल गेममा मिलेमतो गरेको आरोपमा २०७२ साल असोज २७ गते प्रहरीले पक्राउ गरेको थियो । थापा राष्ट्रिय फुटबल टिमका कप्ताको भूमिका थिए । अदालतले सफाई दिएपछि थापाले खुशी व्यक्त गरेका छन् । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here