आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ राेप्याे : अध्यक्ष राणा

182

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट आउन सक्छ भनेर बेलैमा सजग गराउँदा पनि सरकारले सुझाव नसुनेको राणाको धारणा छ ।

‘बजेट पेश हुनु अगावै मैले सरकारलाई अब आउने संकटबारे सचेत गराएको थिएँ । बन्दाबन्दीको कारण भंसारबाट उठ्ने राजस्व घट्छ भनेकै थिएँ । राजस्वको मूल स्रोत सुकेपछि पर्ने संकटबारे सरकारलाई सजग रहन आग्रह गरेको थिएँ,’ उनले मंगलबार ट्वीट गर्दै भने । ‘तर बजेटले त्यो गंभीर समस्या बेवास्ता गर्यो, देश टाँट पल्टाउने बिउ रोप्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here