संविधान संशोधन मतदानमा अनुपस्थित सांसदरूसंग स्पष्टीकरण माग

131
काठमाडौं – संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूसंग स्पष्टीकरण माग गरिएको छ ।
सत्तासीन नेकपाले  गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै चार जना सांसद अनुपस्थित भएकोमा स्पष्टीकरण माग गरेको हो  ।
नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण मागिएको हो । उनीहरुलाई जवाफ दिन ५ दिनको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here