सर्ट नेपाली चलचित्र ‘परिस्थिति’ सार्वजनिक

8

नेपाली चलचित्रको सम्पादन गर्दै आएका मित्रदेव गुरुङले कोरोना संक्रमणकै विषयमा केन्द्रित रहेर लघु चलचित्र ‘परिस्थिति’ दर्शकमाझ ल्याएका छन् । उनले यो लघु चलचित्रलाई युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाली चलचित्र उद्योग ठप्प रहेको बेला कलाकारलाई ऊर्जाशील बनाउन र दर्शकलाई पनि सन्देश दिन सामाजिक दूरी कायम गर्दै यो लघु चलचित्र निर्माण गरिएको निर्देशक गुरुङले बताए । यो चलचित्रमा अमृत ढुंगाना, संजोग रसाइली, आकांक्षा तामाङ, मनीष गौतम, आरसी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ ।

यो फिल्मको कथाअनुसार कोरोना संक्रमित र मृतकको नाम नेपालमा घोषणा नगरिने हुँदा कोरोना संक्रमणबाट एक युवाको मृत्यु भएका उनका साथीहरूले थाहा पाउँदैनन् । ती मृतक युवा भूत बनेर आफ्ना साथीहरूलाई भेट्न आएको र कोरोना जोकोहीबाट पनि फैलन सक्ने सन्देश दिएको कथा यो लघु फिल्ममा समेटिएको छ ।

यो लघु चलचित्रमा विजय चौधरीको कला निर्देशन, देवराज मानन्धर र रञ्जित गुप्ताको क्रियसन, सागर श्रेष्ठको सहनिर्देशन, राजकुमार श्रेष्ठको भिडियो छायांकन रहेको छ । मनीष गौतमको कथा रहेको लघु चलचित्र परिस्थितिमा पटकथा, संवाद मनीष र मित्रदेव गुरुङको छ । फिल्मलाई ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । जसमा सम्पादन र निर्देशन मित्रदेव गुरुङको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here