असारदेखि लागू हुने बिजुलीको नयाँ महशुल सार्वजनिक (दरसहित)

244

काठमाडौं – विद्युत नियमन आयोगले विद्युतको नयाँ महशुल सार्वजनिक गरेको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको नयाँ महसुल दर असार महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्न पनि आयोगले निर्देशन दिएको छ । आम नागरीकलाई राहत दिन विद्युतको महशुल ५ देखि ५० प्रतिशतसम्म र औसतमा १० प्रतिशत घटाइएको बताइएको छ ।
नयाँ महशुल अनुसार ५ एम्पियरको मिटर राख्ने र महिनाको १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने सरकारले यसअघि गरेको निर्णय अव कार्यान्वयन हुने भएको छ ।
 आयोगले घर भाडामा बस्नेलाई उक्त घरमा रहेको मिटरको खपतको आधारमा बिलिङ हुँदा तय भएको अधिकतम दरभन्दा बढी महशुल उठाउन नपाउने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here