विण्डोज १० मा भर्चुअल डेस्कटप प्रयाेग गर्ने विधि

164

विण्डोज १० प्रयोग हुनुहुन्छ भने मल्टिपल डेस्कटप तपाईका लागि एकदमै उपयोगी फिचर हो ।  विण्डो १० मा रहेको टास्क प्यानलले तपाईंलाई असिमित संख्यामा भर्चुअल डेस्कटप थप गर्ने अनुमति दिन्छ ।

कम्प्युटरभित्र ती भर्चुअल डेस्कटपहरुलाई व्यवस्थापन गर्न सकिन्छ । एउटा डेस्कटपभित्रको एप्लिकेसन अर्कोमा सार्न पनि मिल्छ । सबै डेस्कटपमा विण्डो खोल्न वा कुनै डेस्कटपमा पेजहरु बन्द गर्ने कामहरु पनि सहजै गर्न सक्नुहुन्छ ।

विण्डोजमा यसरी थप गर्नुहोस् डेस्कटप 
  • भर्चुअल डेस्कटप थप गर्नका लागि सबैभन्दा पहिले टास्कबारमा टास्क भ्यू बटन क्लिक गर्नुहोस् ।
  • अब न्यू टास्क भ्यू प्यानल खोल्नुहोस् । विण्डो कीसँगै ट्याब दबाएर पनि तपाईंले न्यू टास्क भ्यू प्यानल खोल्ने ।
  • टास्क भ्यू प्यानलमा रहेको न्यू डेस्कटपमा क्लिक गरेर भर्चुअल डेस्कटप एड गर्ने ।
  • यदि तपाईंको कम्प्युटरमा पहिले देखि नै दुई वा त्योभन्दा धेरै डेस्कटपहरु खोलिएका छन् भने ‘एड अ डेस्कटप’ बटन प्लस सिम्बोल सहित देखा पर्छ ।
  • तपाईंले टास्क भ्यू प्यानलमा नगई किबोर्डमा सर्ट कटमा विण्डो कि, कन्ट्रोल र डी लाई एकसाथ थिचेर डेस्कटप एड गर्न पनि सक्नुहुन्छ ।

डेस्कटप यसरी सार्नुहोस् 

  • तपाईंको कम्प्युटर स्क्रीनमा रहेका धेरै भर्चुअल डेस्कटपहरुमा एउटा बाट अर्कोमा जान टास्क भ्यू प्यानल खोल्नुहोस् र आफूले हेर्न चाहेको डेस्कटपमा क्लिक गर्नुहोस् ।
  • साथै टास्क भ्यू प्यानलमा नगएर  पनि तपाईंले किबोर्ड सर्टकटबाट डेस्कटप परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि विण्डो की सँगै कन्ट्रोल र बायाँ एरो वा  दायाँ एरो की दबाउनुहोस् ।
  • यसरी तपाईंले असिमित संख्यामा भर्चुअल डेस्कटपहरु थप गर्न सक्नुहुन्छ ।

डेस्कटपबीच विण्डो मुभ गराउन के गर्ने ? 

  • मल्टिपल डेस्कटप प्रयोग गरिरहँदा तपाईंले एउटा डेस्कटपको विण्डो अर्कोमा सार्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले टास्क भ्यू प्यानल खोल्नुहोस् र आफूले सार्न चाहेको विण्डो भएको डेस्कटपमा जानुहोस् ।
  • अब त्यहाँ डेस्कटपमा भएका विण्डो पप अप हुन थाल्छन् । आफूले सार्न चाहेको विण्डो खोज्नुहोस् र त्यसमा दायाँ क्लिक गरी मुभ टु अप्सनमा क्लिक गरेर आफूले सार्न चाहेको डेस्कटप चयन गर्नुहोस् ।
  • तपाईं आफूले चाहेको विण्डोलाई ड्रयाग गरी मन परेको डेस्कटपमा  ड्रप गर्न पनि सक्नुहुन्छ ।

डेस्कटप बन्द गर्नु यसो गर्नुहोस् 

  • भर्चुअल डेस्कटपहरुलाई बन्द गर्न टास्क भ्यू प्यानल खोल्नुहोस् र आफूले बन्द गर्न चाहेको डेस्कटपमा हेर्नुहोस् ।
  • डेस्कटपको माथि दायाँ कुनामा एक्स चिन्ह देखा नपरेसम्म पर्खनुहोस् । त्यसपछि एक्स चिन्ह क्लिक गरेर डेस्कटप बन्द गर्नुहोस् ।
  • साथै तपाईंले अर्को सर्टकट विधिबाट पनि भर्चुअल डेस्कटप बन्द गर्नसक्नुहुन्छ । यसका लागि किबोर्ड सर्टकटमा विण्डो कि प्लस कन्ट्रोल प्लस एफ फो प्रेस गरेर डेस्कटप बन्द गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here