अदुवा र बेसारका अचुक फाइदा

597

बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा कोशिका निर्माण तीव्र बनाउँदछ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फाेरस, आइरन, जिन्क, कपर तथा क्राेमियमजस्ता पाेषक तत्व पनि पाइन्छ ।

जानौं अदुवा बेसारका केही अचुक  फाइदाहरु :
१.दिमाग तीक्ष्ण बनाउँछ : हल्का मनतातो पानी र बेसार विहानको समयमा पिउने हो भने यसले हाम्रो दिमागको तीक्ष्णता विकास गर्दछ र अधिक क्रियाशील बनाउँछ ।
२. ब्याक्टेरियासँग लड्छ: अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसकाे नियमित सेवन गर्दा घाँटीकाे संक्रमण हुनबाट हामी बच्न सक्छाैँ ।
३. जलन कम गर्छ : यदि शरीरमा सुनिने र जलन हुने समस्या छ भने बेसार पानी पिउनुस् । यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जार्नीको दुखाई हुने समस्याबाट मुक्त गर्दछ । यी समस्याका लागि बेसार पानी अचूक मानिन्छ ।
४. रगत सफा गर्छ : अदुवाले हाम्राे रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्राे रगत सफा गर्न धेरै नै सहयाेग गर्छ ।
५.मृगौला क्रिया चुस्त बनाउँदछ : बेसार पानीको प्रयोगले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ । यी रोगीका लागि औषधीभन्दा कम छैन बेसार पानी । यसले मृगौलामा भएको खराब कोषहरु नष्ट गरी मृगौलाको कार्यसञ्चालन चुस्त बनाउँदछ र संक्रमण हुनबाट रोक्छ ।
६. हृदयको समस्यामा फाइदाजनक : हृदय समस्याका विरामीले बेसार पानी पिउन जरुरी छ । यसले रगतलाई बाक्लो हुन बचाउँदछ । जसकारण हृदयघातकको जोखिमलाई न्यून गर्दछ ।
७. सुन्दरता बढाउँदछ : बेसार पानीमा कागती र मह मिलाएर पिउने हो भने शरीरमा भएका विषाक्त पदार्थहरु शरीरबाट बाहिर निस्कन्छ । यसरी पानी पिउँदा शरीरमा कोष ताजा भइराख्छ र उमेरको प्रभाव बढ्न दिँदैन । बेसारमा हुने स्वतन्त्र रेडिकल्सहरुले सुन्दरतालाई बढावा दिन्छ ।
८.पाचन राम्रो बनाउँछ : बेसार पानीले पाचनप्रक्रिया सुधार गर्न मद्दत गर्दछ । यसमा हुने एन्टी एक्सीडेन्ट र एन्टी इन्फ्लेमेटरीतत्वले पाचन राम्रो बनाउँदछ र ग्याँस हुन दिंदैन ।  अदुवाकाे प्रयाेगले हाम्राे पाचन प्रक्रिया पनि बलियाे बन्छ । यसले हाम्राे ताैल घटाउन पनि सहयाेग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयाेग गर्छ ।
९. खाेकी कम लाग्छ : अदुवाले शरीरलाई बलियाे बनाउनुका साथै हामीलाई लाग्ने खाेकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्राे बनाउन पनि यसले सहयाेग गर्छ ।
१०. प्रतिरक्षा विकास गर्दछ : मनतातो बेसार पानीले शरीरमा प्रतिरक्षा क्षमता विकास गरी रुघाखोकी जस्ता सामान्य रोगहरु तत्काल निको पार्दछ । यतिमात्र नभई यसले विभिन्न किसिमका क्यास्रका रोगको सम्भावनालाई न्यून गरी क्यान्सर हुनबाट बचाउँछ ।
११.मोटोपन घटाउँछ : बसोरको सेवनले मोटोपनमा पनि राहत पाउन सकिन्छ । यसमा हुने करक्यूमिन तत्व शरीरमा घुलेर चिल्लोपदार्थ विकास गर्ने तत्वहरु बन्नबाट रोक्दछ ।
१२.दुखाईमा राहत : बेसार शरीरमा हुने दुखाई कम गर्न एकदमै उपयुक्त मानिन्छ । हड्डी टुटेमा, मर्किएमा तथा अन्य चोटपटकमा फाइदाजनक हुन्छ । यसका निम्ति दुध र बेसार मिलाएर पिउनु फाइदाजनक हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ जुन हृदयसम्बन्धीका रोगसँग सम्बन्धित हुन्छ ।  अदुवाले हाम्राे रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दाे उमेरमा अदुवा खानु अझ राम्राे हुन्छ ।
१२.बढ्दो उमेरको असर कम गर्छ : बेसारको दैनिक प्रयोगले उमेरको असरलाई कम गर्दछ । दुधमा मिलाएर पिउनु छालाका लागि राम्रो मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here