नेपालमा काेराेना संक्रमित संख्या ८६०५ पुग्याे

79

काठमाडौं – नेपालमा आज ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए अनुसार संक्रमितमध्ये पुरुष २ सय ८२ र महिला ४९ जना छन् । कुल संक्रमितमध्ये पुरुष ७ हजार ८ सय ४९ र महिला ७ सय ५६ जना छन् ।

असार महिनाभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज पनि यो क्रम यथावत नै रह्यो ।

यसअघि हिजो कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको थियो । जसमध्ये महिला ७ सय ७ र पुरुष ७ हजार ५ सय ६७ थिए ।

अहिलेसम्म २२ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १७ पुरुष र ५ महिला छन् । कुल ७४ जिल्लामा संक्रमित पत्ता लागेका छन् । अब ३ जिल्लामा मात्र संक्रमित भेटिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here