सरकारले “सूचनाको हक सम्बन्धी ऐन २०६४” सुनिश्चित

235
काठमाडौं – सरकारलाई जवाफदेही बनाउने सर्वाधिक सजिलो र नागरिकको पहुँचमा भएको विधि हो ‘आरटिआइ’ अर्थात सूचनाको हक सम्बन्धी अधिकार । देशमा भैरहको कुनै पनि गतिविधि बारे नागरिकहरू सु-सूचित हुन पाउने अधिकार “सूचनाको हक सम्बन्धी ऐन २०६४” ले सुनिश्चित गरेको छ । मन्त्री परिषद्को बैठकले “गोप्य” भनेको सूचना बाहेक अन्य कुनै पनि सूचना प्राप्त गर्ने अधिकार यो ऐनले सुनिश्चित गरेको छ। 
सूचनाको हक को प्रयोग बाट नागरिकहरू लाई स-सूचित गरी जिम्मेवार बनाउन सकिन्छ, व्याप्त भ्रष्टाचार लाई रोक्न सकिन्छ। यसको प्रयोगले ठूलै क्रान्ति सम्भव छ र त्यो क्रान्तिका लागि ठूलै रक्तपात या बडेमानको संगठन चाहिँदैन । एउटा कागजमा सम्बन्धित सरकारी कार्यालयलाइ चाहिएको सूचना लेखी पठाउँदा आवश्यक सूचना पाईन्छ । तर के निवेदन लेख्न सजिलो छ ?
जवाफ होः छैन । सही ढाँचामै लेखेपनि हाकिमले निवेदन मिलेन भन्छ । तर अब डराउनुपर्दैन । सूचनाको हकसम्बन्धी अभियानमा प्रविधिको प्रयोग गर्दै नयाँ क्रान्तिनै शुरु भएको छ ।  सूचनाको हक सम्बन्धी व्यवस्था बमोजिम सूचना माग गर्ने प्रक्रियालाई सहज बनाउन विवेकशील नेपाली दलले वेब एप्लिकेसन बनाएको छ । उक्त एप्लिकेसनले सूचना माग्ने प्रक्रियाको लागि आवश्यक पर्ने सबै किसिमका निवेदनहरू तयार गर्नेछ । विवेकशीलले तयार गरेको यो दस्ताबेज जुनसुकै व्यक्ति, संस्था वा राजनीतिक दलहरूले कपि गर्नका लागि खुला गरिएको छ । यो अभियानलाई अँगाल्न विवेकशील नेपालीको सदस्यता लिइरहनु जरुरी छैन । यो दस्ताबेजलाई कपि गरेर देशैभर लुटतन्त्रको विरुद्ध जुट्न विवेकशील पार्टीले अनुरोध पनि गरेको छ ।
निवेदन दिने कार्यालयको बारेमा सामान्य विवरण राखी बुझाउँदा सूचना माग्ने ढाँचाको निवेदन तयार हुन्छ । उक्त वेब एप्लिकेसनको ठेगाना (www.rti.bibeksheelnepali.com) हो ।
 उक्त एप्लिकेसनको प्रयोग गरी सबै नागरिकहरू आफूले तिरेको करको बारेमा जानकार बन्न तथा आफ्ना तर्फबाट सरकारले गरेका कामहरूको निगरानी राख्न सहज हुन्छ ।
एकपटक प्रयोग गरिहेर्नुहोस् त ! अनी मन परेछ र सजिलो लागेछ भने सूचनाको हकमा काम गिरहेका अन्य अभियन्ताहरुलाई पनि पठाउनुहोस् !
http://rti.bibeksheelnepali.com/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here