पूर्व प्रम भट्टराईले शिक्षा स्वास्थ्यमा राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखे

9

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्,‘निजी शिक्षणसंस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद!शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठुलो गल्ती गरेको थियो। ऐले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ।शिक्षा/स्वास्थ्यको राष्ट्रियकरण गरौं!’

निजी शिक्षण संस्थाहरुले लकडाउनको कारण बन्द रहेको अवस्थामा अर्थात पढाउँदै नपढाएको बेलाको पनि शुल्क चाहियो भन्नु हाँस्यास्पद भएको पनि भट्टराईको टिप्पणी छ । हिजोमात्रै निजी शिक्षण संस्थारुले शुल्क तिर्न अभिभावकहरुलाई पत्राचार गरेको समाचार आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here