मुस्ताङसहित ७५ जिल्लाकाे कोरोना विवरण यस्ताे छ ?

192

काठमाडौं- आइतबार थप एक जिल्लामा कोरोना संक्रमित देखिएसँगै नेपालका ७५ जिल्लामा संक्रमित भेटिएका छन्। आइतबार मुस्ताङमा पहिलो पटक कोरोना संक्रमित देखिएसँगै देशभर ४ सय २१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

हालसम्म देशभर १२ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा एक हजार ११२, दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ५६७, महोत्तरी ५२६, सुर्खेतमा ३ सय संक्रमित भेटिएका छन्। त्यसैगरी, दाङमा २८३, धनुषामा २६८, रुपन्देहीमा २५८,बाँकेमा ३४४, कैलालीमा २३२ र अर्घाखाँची  २४० कोरोना संक्रमित भेटिएका छन्।

देशभर २३ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। भने ३५ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

कुन जिल्लामा कति संक्रमित? 
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 
रौतहट – १११२
दैलेख – ७२६
कपिलवस्तु – ७०५
सर्लाही – ५६७
महोत्तरी – ५२६
सुर्खेत – ३००
दाङ – २८३
धनुषा – २६८
रुपन्देही – २५८
बाँके – ३४४
कैलाली – २३२
अर्घाखाँची – २४०

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
झापा – १८५
सल्यान – १७१
पर्सा – १५८
सप्तरी – १५८
गुल्मी – १७५
बर्दिया – १५३
डडेल्धुरा – १८५
बैतडी – १४०
मोरङ – ११७
बारा – १०८
नवलपरासी पूर्व – १२९
कञ्चनपुर – ९५
धादिङ – १०१
सिरहा – १३२
स्याङजा – ८७
बागलुङ – ११७
अछाम – ७४
बाजुरा – ७०
प्युठान – ९४
सुनसरी – ६४
पाल्पा – ९३
डोटी – १४१
नवलपरासी पश्चिम – ७६
तनहुँ – ७२

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
उदयपुर – ५५
गोरखा – ४७
चितवन – ४३
कालिकोट – ४२
जुम्ला – २६
सिन्धुपाल्चोक – २६
रामेछाप – २६
बझाङ – २२
कास्की – १६
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४१
जाजरकोट – ८
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १६
भोजपुर – ६
ललितपुर – ६

म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ३
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – १
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here