विदेशमा नेपाली सभ्यताको चर्चा ! म्युजिक भिडियो `पसंद आया´सार्वजनिक

247
काठमाडौं – नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी ।

सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् ।

आज मात्र सार्बजनिक भएको हिन्दी म्युजिक भिडियो `पसंद आया´मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोमा भुषण पटेलको साथ सभ्यताको रोमान्स देख्न सकिन्छ ।

ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द संगित रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन । भारतको बिख्यात म्युजिक कम्पनी जि म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।

सभ्यताको `पसंद आया´ हेर्न तल क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here