१०० वर्षकी हजुर आमाले १५ सय मिटर पौडेर नयाँ रेर्कड राखिन्

176

एजेन्सी  – धेरैलाई लाग्छ ६० वर्ष कटेपछि वृद्ध भइयो । तर १ सय वर्षकी हजुर आमाले १५ सय मिटर पौडेर नयाँ रेर्कड राखेकी छिन् । सुन्दा आश्चर्य लाग्ने यो खबर जापानको हो ।

नागोओकाले एक स्विमिङ प्रतियोगितामा भाग लिएर यस्तो चमत्कार देखाइदिएकी हुन् । ८२ वर्षमा पौडन शुरु गरेकी यी वृद्धाले आजसम्म २४ वटा विश्व रेकर्ड बनाइकी छिन् ।

८२ वर्ष भन्दा पहिला उनलाई पौडिन आउदैनथ्यो । उनलाई एक पटक घुडामा चोट लागेको थियो । उक्त चोट ठिक भएपनि व्यायाम गर्न डाक्टरले दिएको सल्लाह अनुसार उनले बुढेसकालमा पौडन सिकिन् ।

८४ वर्षको उमेरमा उनले प्रतियोगितामा भाग लिइन् । यसैगरी उनले हरेक प्रतियोगितामा भाग लिदै जाँदा २००२ मा भने कास्य पदक नै जितिन् । क्रमश उनले तीन सिल्वर मेडल जितिन् । ९० वर्षको उमेरमा ८ सय मिटर फ्रीस्टाइलमा पौडिएर नेशनल रेकर्ड बनाइन् । ९५ वर्षको उमेरमा ५० मिटर पौडीएर विश्वको रेकर्ड राखेर आश्चार्य पारीदिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here