राष्ट्रघाती एमसीसी विरूद्व बृहत र्याली शुरू

175

ललितपुर –  एमसीसी परियोजना राष्ट्रघाती भन्दै त्यसलाई लागू नगर्न माग गर्दै आईतबार ललितपुरमा बृहत पदयात्रा शुरू भएकाे छ ।

एमसीसी खारेजीको माग गर्दै ललितपुरको ग्वार्कोबाट शुरु भएको पद यात्रा सुन्धारा, ओकबहाल , टंगल, इखालखु, गाबहाल, पिम्बहाल, नकबही, बंगलामुखी हुँदै च्यासलमा पदयात्राको समापन गरिएको थियो । पदयात्रामा ललितपुर, सहित विभिन्न जिल्लाका मानिसहरुको सहभागिता रहेकाे थियाे ।

त्यसपछि ललितपुरको हरिसिद्धिमा बृहत प्रदर्शन गरिएको थियो ‘असार १२ गते दिउँसो १ बजे बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भन्ने नाराका शुरु भएको एमसीसी खारेजको नागरिक अभियान उपत्यकाको तीनवटै जिल्लाको प्रमुख स्थानहरुमा पुग्ने जनाए ।

राष्ट्रिय स्वाधीनता, सह-अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा शुरु गरिएको आयोजकको धारणा  छ ।

राष्ट्रघाती एमसीसी खारेजको नागरिक अभियानमा स्थानीय जनतालाई जागरुक गराउन पदयात्रा अभियान चलाएको अभियानका संयोजक सुमन साय्मीले उल्लेख गर्नुभयो ।

उनले दलीय आस्थाको आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रिय हितको सवालमा एकजुट पर्ने भएकाेले आफुहरुले अभियान शुरु गरेकाे  जानकारी दिए ।