आफ्नै घरमा आत्महत्या गरेका युवामा कोरोना

91

दैलेख – तीन दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । ९ असारमा घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो ।

एक महिनाअघि भारतबाट दैलेख आएका ती युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडिटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।